Premier Cables
Premier Steel

विराटनगर

नेपाल हव पुरुष टी–२० क्रिकेटमा राजविराज र विराटनगर विजयी

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | राती ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी प्रदेश क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो संस्करणको नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगितामा राजविराज र विराटनगर विजयी भएको छ ।

पहिलो खेलमा राजविराज हवले इटहरी हवलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै राजविराज तेस्रो स्थानमा रहेको छ । राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

बिज्ञापन

सोमबार राती वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेकोे इटहरीले ९ विकेट गुमाई विकेट गुमाई ५१ रन बनाएको थियो ।

इटहरीका आयुस पोखरेलले १८ रन बनाउँदा मुकेश यादवले १३ रन बनाए । राजविराजका निरज सुनरैतले २ विकेट लिँदा सुमित इसर र अजय यादवले पनि २–२ विकेट लिए ।

५२ रनको लक्ष्य पाएको राजविराजले ९ दशमल २ बलमा ५ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजका प्लेयर अफ म्याच रोहन विकले अविजित ४० रनको योगदान गरे । इटहरीका विशाल गोसाइले २ विकेट लिए ।

दोस्रो खेलमा विराटनगर हवले उदयपुर हवलाई २६ रनले पराजित गरेको छ । जितसँगै विराटनगर ४ अंकका साथ शिर्ष स्थानमा रहेको छ । विराटनगरले खेलेकोे दुवै खेलमा जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८५ रन बनाएको थियो । विराटनगरका आकाश यादवले ३८ रन बनाउँदा सोहेव आलमले १७ रन बनाए । उदयपुरका सविन खडकाले ३ विकेट लिँदा कुलबहादुर सिग्देल र प्रयास चौधरीले समान २ विकेट लिए ।

८६ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५९ रनमा सिमित भयो । उदयपुरका चन्द्रविर दासले १८ रन जोड्दा कुलबहादुर सिग्देलले १० रनको योगदान गरे ।

विराटनगरका प्लेयर अफ म्याच देवराज झाले ४ विकेट लिँदाअरुण मण्डल र मनिष कामतलेसमान २ विकेट लिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka