Premier Cables
Premier Steel

समाचार

सेयर बजारमा सामान्य वृद्धि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | साँझ ४:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अआज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६८.०७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो दिन भने ५ अर्ब ९ करोड बढीको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

बजार जानकार सुवास भट्टराई भन्ट्टराई भन्छन्, ‘पछिल्लो समय बजारलाई लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रभाव पारिरहेको छ ।

सरकारले निजी क्षेत्रका व्यवसायीमाथि गरेको कारबारहीका कारण सेयर लगानीकर्ताहरुमा अन्योलता सिर्जना गरेको छ । अहिले बजारमा कारोबार बढ्न नसक्नुमा पनि ठूला सेयर लगानीकर्ताहरु सक्रिय रुपमा नलाग्नु हो ।

सरकारले जसरी सेयरबजारमा अन्तिम पावर मानिने ठूला व्यवसायी वा लगानीकर्तालाई पक्राउ गरिएको छ, त्यसले बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

सरकारले त्यसरी प्रक्राउ गर्नुको सट्टा उचित छानबिन गरी कति रकम अपचलन गरिएको छ, त्यो रकमको दोब्बर रकम आर्थिक जरिवाना भराउने व्यवस्था गरे सरकारलाई पनि राजश्वमा सहयोग पुग्थ्यो र पूँजीबजारलाई पनि प्रभाव पर्ने थिएन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka