Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका सडकमा पार्किङ गर्नेविरुद्ध एक्सनमा उत्रदै महानगर, अटेरी गर्नेलाई कारबाही

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०९, २०८३  | राती १०:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउने भएको छ ‌ । सर्वपक्षीय छलफलपछि महानगरपालिका यो निर्णयमा पुगेको हो । अहिले सडकमा जथाभावी पार्किङ हुने गरेको महानगरको ठम्याइ छ ।

महानगरका मेयर नागेश कोइरालाको व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तर नमाने एक्सन लिने बताएका छन् ।

बिज्ञापन

“अबपूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति छ”, उनले भने । ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने महानगरको तयारी छ । पहिले पनि ट्राफिक व्यवस्थापनका प्रयास भएको थियो ।

नगर प्रहरी प्रमुख राजन पौडेलले नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने बताए ।
फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र सवारी जथाभावी पार्किङ गर्न नदिइने उनले बताए ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग महानगरपालिकाले छलफल गरिसकेको छ ।

१५ दिनभित्र यो कामलाई तीव्रता दिने बताइएको छ ।
प्रहरीका तर्फबाट पूर्ण साथ र सहयोग रहने मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka