Premier Cables
Premier Steel

विराटनगर

विद्युतीय सुरक्षा दिवसमा विराटनगरमा प्रभातफेरी, सचेतनामूलक कार्यक्रम सम्पन्न

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ३०औँ विद्युतीय सुरक्षा दिवसको अवसरमा विराटनगरमा प्रभातफेरीसहित विविध सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त पहलमा सम्पन्न कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो।

प्रभातफेरीमा सहभागीहरूले सुरक्षित विद्युत प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे जनचेतना फैलाएका थिए। कार्यक्रममा बोल्दै विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रीकल इन्जिनियर सुवेध ठाकुरले विद्युतीय जोखिम घटाउन उपभोक्ता र प्राविधिक दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए। सामान्य लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले सुरक्षित प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

बिज्ञापन

यसैगरी, सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय सुरक्षासम्बन्धी प्रस्तुति दिँदै उपकरण प्रयोग तथा मर्मतका क्रममा सुरक्षात्मक सामग्री अनिवार्य प्रयोग गर्न आग्रह गरे। उनले उपभोक्तालाई पनि विद्युतीय सामग्री सही तरिकाले प्रयोग गर्न सचेत गराए।

कार्यक्रमको समापन गर्दै केन्द्र प्रमुख राम उदगार शाहले सुरक्षित कार्यसंस्कृति विकासका लागि दक्ष जनशक्तिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे। उनले कर्मचारी र उपभोक्ता दुवैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस्ता सचेतनामूलक कार्यक्रमले विद्युतीय दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka