Premier Cables
Premier Steel

समाचार

रविको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएको थियो। बहसपछि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

बिज्ञापन

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

यस निर्णयको विरोधमा युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा अलग-अलग रिट निवेदन दायर गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka