फायल फोटो
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र वितरण गरिने भएको छ।
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७ जना सांसद निर्वाचित भएका छन्। त्यस्तै, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपा माओवादी केन्द्रबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार–चार जना सांसद चयन भएका छन्।
आयोगले आजै ती सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजासहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।
उक्त प्रतिवेदन बुझाइएपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ।
