Premier Cables
Premier Steel

अर्थ

बैंकिङक कसुरमा फरार योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ, २२ करोड रुपैयाँभन्दा बढी जरिवाना

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिबाना सजाय ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार योगेन्द्रप्रसाद श्रेष्ठलाई जिल्ला काठमाडौं नागार्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरिएको हो। उनी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष हुन्।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटारको पत्र जाहेरीका आधारमा गरिएको अनुसन्धानमा श्रेष्ठले निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुनेगरी अनियमित तथा गैरकानुनी गतिविधि गरेको देखिएको थियो। सोही आधारमा उनीमाथि बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको थियो।

यस सम्बन्धमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते गरेको फैसलाअनुसार श्रेष्ठलाई दुई छुट्टाछुट्टै मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिबाना तथा ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिबाना तथा थप ३ वर्ष कैद सजाय सुनाइएको थियो। यसरी कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिबाना र ६ वर्ष कैद सजाय ठहर भएको थियो।

फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले २०८२ चैत १ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka