Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा पहिलो पटक निष्क्रिय इच्छामृत्युलाई अनुमति

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | साँझ ७:१७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई यस्तो अनुमति दिएको हो। गाजियावाद निवासी राणा हाल लाइफ सपोर्ट प्रणालीको सहारामा मात्र जीवित छन्।

न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले लामो समयदेखि बहस भइरहेको यो संवेदनशील मुद्दामा फैसला सुनाएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार हरीशका आमा निर्मला राणा र बाबु अशोक राणाले दायर गरेको अपिलको आधारमा अदालतले निर्णय गरेको हो।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युबारे स्पष्ट र व्यापक कानुन बनाउने विषयमा पनि विचार गर्न सुझाव दिएको छ। साथै बिरामीको उपचार भइरहेको एम्स अस्पताललाई लाइफ सपोर्ट प्रणाली क्रमिक रूपमा हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। अदालतले यो प्रक्रिया बिरामीको मर्यादा र सम्मान कायम राख्दै सावधानीपूर्वक पूरा गर्नुपर्ने उल्लेख गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka