Premier Cables
Premier Steel

विराटनगर

मंगलबार चन्द्रग्रहणः तराईमा कहिले मनाउने होली, प्रशासनको निर्देशनमा के छ ?

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ७:१३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तराई मधेशमा भोलि (मंगलबार) होली पर्व मनाइँदै छ । तर, यस पटक परेको चन्द्र ग्रहणका कारण होली बुधबार मनाउनु पर्ने हिन्दूधर्मका गुरु र पण्डितहरुले सुझाव दिई रहेका छन् ।

यसैबेला निर्वाचन परेकोले होली मंगलबार नै मनाउन प्रशासनको निर्देशन छ । जिल्ला प्रशासन कार्यालय मोरङले हुलहुज्जत नगरी घर-घरमै होली मनाउन सूचना जारी गरिसकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) युवराज कटेलले यस पटक चुनाव जस्तो महान पर्व परेकोले त्यसलाई सहज ढंगले मनाउन आग्रह गरेका छन् । उनले भने,‘‘निर्वाचनलाई सौहार्द र सुरक्षित रुपमा मनाउन सबैलाई आग्रह गरेका छौं ।’’ कटेलले होलीमा डिजे बजाउन, भोजभतेर गर्न, मदिराजन्य पदार्थ सेवन गर्न निषेध गरिएको बताए ।

सोमबार पहाडी क्षेत्रमा होली मनाइएको छ । यो पर्वलाई रंगहरुको पर्वको रुपमा उल्लासपूर्वक मनाउने गरिन्छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार विभिन्न धर्मसँग सम्बन्धित धर्मगुरुहरुसँग छलफल गरी प्रशासनले यस्तो निर्णय गरेको सिडिओ कटेलले जानकारी दिए ।

उनले भने,‘‘मौन अवधिको पालना गर्नुपर्ने भएकोले यस पटक कसैलाई कडा कारवाही गर्न नपरोस भन्नेमा हामी सचेत छौं ।’’ उनले प्रशासनको कार्यमा सहयोग गर्न सर्वसधारणलाई अपिल समेत गरेका छन् । निर्वाचन सुरक्षाका लागि सबै तयारी पूरा भईसकेको पनि उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka