Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन दिने विशेष थेरापी तथा मूल्यांकन शिविर सम्पन्न

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालित “रोटरी क्लब अफ विराटनगर डाउनटाउन सविता चाइल्ड एण्ड न्युरोलोजिकल रिहाबिलिटेशन सेन्टर” मा फागुन १४, १५ र १६ गते (२६, २७ र २८ फेब्रुअरी) तीन दिने विशेष थेरापी तथा चिकित्सकीय मूल्यांकन शिविर सम्पन्न भएको छ।

बिज्ञापन

विशेष आवश्यकता भएका बालबालिका लक्षित उक्त शिविरमा सेन्टरअन्तर्गत सेरेब्रल पाल्सी डे केयरका विद्यार्थीहरू, विराटनगर महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको अटिजम सेन्टरका बालबालिका, अनमोल स्कूलका विद्यार्थीहरू तथा मुखमार्फत जानकारी पाई आएका अन्य बाह्य बिरामीहरू सहभागी भई लाभान्वित भएका थिए।

शिविरका लागि भारतको दिल्लीबाट अनुभवी बाल तथा न्युरो–फिजियोथेरापी विशेषज्ञलाई विशेष रूपमा आमन्त्रण गरिएको थियो। तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा अटिजम, सेरेब्रल पाल्सी, डाउन सिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी, विकासात्मक ढिलाइ तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको विस्तृत चिकित्सकीय परीक्षण तथा म्यापिङ गरिएको थियो।

यसका साथै स्ट्रोक, पक्षघात, मस्तिष्क चोटपटक, जोर्नी तथा हड्डीसम्बन्धी समस्या, शल्यक्रियापछि आवश्यक पुनर्स्थापना सेवा तथा जेरियाट्रिक समस्यामा समेत परामर्श प्रदान गरिएको जनाइएको छ।

शिविरको क्रममा अभिभावक तथा दुवै केन्द्रका सहयोगी कर्मचारीहरूलाई बालबालिकाको नियमित व्यायाम, दैनिक हेरचाह तथा दीर्घकालीन सुधारका लागि अपनाउनुपर्ने विधिहरूबारे व्यावहारिक प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरिएको थियो।

क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सरडाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष बालबालिकालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दिल्ली, भारतबाट विशेषज्ञ आमन्त्रण गरिएको बताइन्। यस्ता कार्यक्रमले अभिभावक सशक्तीकरण, सही उपचार योजना निर्माण तथा बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आगामी दिनमा पनि विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि यस्ता समावेशी तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशी सरकारले ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने अपेक्षा

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीका स्थानीय तहमा रु. ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण, सशर्त अनुदानको हिस्सा धेरै

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशको आर्थिक वृद्धिद्धदर पाँच प्रतिशत हुने प्रक्षेपण

Clock Iconसोमबार, असार ०१, २०८३

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

Clock Iconसोमबार, असार ०१, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka