Premier Cables
Premier Steel

समाचार

घरदैलो गर्दै २० हजार मतदाताका घर पुगे एमाले उम्मेदवार जीवन घिमिरे

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण १३, २०८२  | अपराह्न १:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन्। बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत उनले फागुन १३ गतेसम्म क्षेत्रका सबै २३ वटै वडामा घरदैलो कार्यक्रम सकिएको जानकारी दिएका हुन्।

 

बिज्ञापन

उम्मेदवार घिमिरेका अनुसार अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा प्रत्यक्ष रूपमा पुगिएको छ। घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव संकलन गरिएको उनले बताए।

 

अभियानलाई प्रभावकारी बनाउन २३ वटै वडामा परिचालन समिति गठन गरिएको छ। साथै, क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार संयन्त्र, सामाजिक सञ्जाल टोली, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत कार्यकर्तालाई टोल–टोलमा परिचालन गरिएको जनाइएको छ। करिब ३ हजार सक्रिय कार्यकर्ता अभियानमा खटिएको घिमिरेको दाबी छ।

 

वडा स्तरमा आयोजित सभाहरू र घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको तथा मतदाताबाट न्यानो स्वागत र समर्थन प्राप्त भएको घिमिरेले बताए। पहिलो चरण सम्पन्न भएसँगै अब दोस्रो चरणअन्तर्गत टोलस्तरीय भेला, अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने वडा कमिटी, परिचालन समितिका सदस्य तथा मोरङ–४ का सम्पूर्ण मतदाताप्रति उम्मेदवार घिमिरेले धन्यवाद व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka