Premier Cables
Premier Steel

खेलकुद

१७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्डको उपाधि राष्ट्र निर्माणलाई

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण १३, २०८२  | बिहान ७:४९ बजे
Hamro Biratnagar Headlines

 

सिजुवा । १७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण बोर्डिङ इटहराले जितेको छ ।

रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तीन दिवसीय प्रतियोतिताको उपाधि २३ पदकसहित राष्ट्र निर्माणले जितेको छ ।

रतुवामाई नगरपालिकाभित्रका २१ ओटा विद्यालयलाई पछि पार्दै ९ स्वर्ण, ७ रजत र ७ कास्यसहित २३ पदकका साथ राष्ट्र निर्माण प्रथम भएको सौठा माध्यमिक विद्यालयका लेखापाल धर्मराज पोखरेलले बताए ।

२२ विद्यालय सहभागी भएको प्रतियोगितामा कूल ४२ ओटा खेलहरु भएका थिए । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ११ कास्यसहित २४ पदकका साथ जनता लोकनाथ होमादेवी मावि ठकठकिया द्धितिय भएको छ । ५ स्वर्ण र ५ रजतसहित १० पदकका साथ सरस्वती मावि इटहरा तृतीय भएको छ ।

एथलेटिक्सका १६, उफ्रने ६, फ्याक्ने ४, भलिवल २ र कवड्डीका २ ओटा खेल भएका थिए । मार्फल आर्टसतर्फ कुमुते १० र काताका २ ओटा खेल भएको शिक्षक अशोककुमार तामाङले बताए ।

तीन दिवसीय प्रतियोगिताको समापन अघि रतुवामाई नगरपालिका मेयर नागेश्वर प्रसाद सिंह, नगरपालिकाको शिक्षा शाखाका प्रमुख रवीन्द्रकुमार पण्डितलगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बालबालिकाको खेलजीवन र चौतर्फी विकासमा पुर्‍याउने सहयोगका बारेमा धारणा राखेका थिए ।

प्रतियोगिता समापन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी र समाजसेवीलगायतको उपस्थिति थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka