Premier Cables
Premier Steel

खेलकुद

भारतमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपाल तेस्रो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | राती ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको राँचीमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगिताको अन्तिम दिन नेपालले थप २ रजत र १ कांस्य पदक जित्दै कुल २ रजत र ४ कांस्य पदकसहित तेस्रो स्थानमा उक्लिएको हो।

बिज्ञापन

पुरुष १० हजार मिटर दौडमा राजन रोकायाले रजत पदक जिते भने पुरुष ८ सय मिटर दौडमा सोमबहादुर कुमालले रजत पदक जिते। महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले कांस्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान पनि कायम गरिन्। उनले ३४ मिनेट ४७.७७ सेकेन्डमा दौड पूरा गरी सन् २००६ को कोलम्बो एसएजीमा कञ्ची माया कोजुले बनाएको ३५ मिनेट ०३.४३ सेकेन्डको पुरानो कीर्तिमान भत्काइन्।

सन्तोषीले यसअघि प्रतियोगिताको पहिलो दिन ५ हजार मिटर दौडमा पनि कांस्य पदक जितेकी थिइन्।

महिला १० हजार मिटर दौडमा भारतकी रविना गायकवाडले ३४ मिनेट ४५.४७ सेकेन्डमा रजत पदक जितिन् भने श्रीलंकाकी मेथिमी रासाले ३४ मिनेट ३९.५५ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितिन्।

पुरुष १० हजार मिटर दौडमा राजन रोकायाले ३० मिनेट ३९.१५ सेकेन्डमा दौड पूरा गर्दै कांस्य पदक जिते। यस स्पर्धाको राष्ट्रिय कीर्तिमान भने गोपीचन्द्र पार्कीको नाममा ३० मिनेट ३०.९९ सेकेन्डमा रहेको छ। भारतका अभिषेकले ३० मिनेट २९.४६ सेकेन्डमा स्वर्ण जिते भने प्रिन्स कुमारले ३१ मिनेट १७.३७ सेकेन्डमा कांस्य पदक जिते।

पुरुष ८ सय मिटर दौडमा सोमबहादुर कुमालले १ मिनेट ५२.०३ सेकेन्डमा दौड पूरा गर्दै रजत जिते। उनले सन् २०१८ को जाकार्ता एशियन गेम्समा १ मिनेट ५०.२५ सेकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएका थिए।

यस स्पर्धामा श्रीलंकाका हर्षा करुणाले १ मिनेट ५१.९६ सेकेन्डमा स्वर्ण जिते भने भारतका मेघाली बैंकतरामले १ मिनेट ५२.३७ सेकेन्डमा कांस्य पदक जिते। यो सोमबहादुरको प्रतियोगितामा दोस्रो पदक हो। उनले यसअघि ४×१०० मिटर मिक्स रिले दौडमा कांस्य पदक जितेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka