Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको गिरावट

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ४:४५ बजे

काठमाण्डौ । सेयरबजारको गिरावट आजपनि कायम रहेको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.७७ प्रतिशत अर्थात २०.७५ अंकले घटेर २ हजार ६४२.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४५२.६७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३५४ वटा स्क्रिप्टको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ७ अर्ब ९४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अझैपनि केही लगानीकर्ताहरुमा चुनाव हुने वा नहुने विषयको डरसँगै अन्योलता छ । राजनीतिक अस्थिरताका कारण बजारले लय लिन सकिरहेको छैन । केही दिनयता बजारमा प्यानिक सेल आइरहेको छ, जसकारण बजार माथि उक्लिन सकिरहेको छैन । साथै चुनाव भइहाले पनि चुनावपछि स्थिर सरकार बन्छ वा बन्दैन र नयाँ बन्ने सरकारले कस्ता खालका नीतिहरु ल्याउला भन्ने अन्योलता लगाानीकर्ताहरुमा छ ।’

उनले थपे, ‘ठूला लगानीकर्ताहरु अहिले झ्याप्पै लगानी गर्न आँट गरिरहेका छैनन र संस्थागत लगानीकर्ताहरुले समेत सेयर किन्न चाहिरहेका छैनन् । चुनावअघि बजार २६ सयभन्दा माथि जाने सम्भावना छैन र यो भन्दा पनि तल नघट्ने जस्तो देखिन्छ । बजारमा तरलता पर्याप्त भएका कारण यदि बजार यो भन्दा तल गइहाल्यो भने राम्रो कम्पनीमा लगानी गर्दा फाइदा हुने सम्भावना देखिन्छ । तर अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सम्भवतः चुनावपछि बजारले लय लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.५६ र ,०.२२ प्रतिशतले बढे ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.११ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५, विकास बैंक १.१८, होटल १.१९, हाईड्रो १.६३, लगानी ०.४८, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशाृधन ०.७३, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka