Premier Cables
Premier Steel

समाचार

मुग्लिङ सडकमा दुई वटा ट्रक जुध्दा सात जना घाइते

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०८, २०८२  | बिहान ११:३१ बजे

चितवन । चितवनको नारायणघाट मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक आपसमा ठोक्किएका छन् । दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ठोक्किएका सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनामा ट्रक चालकसहित सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई ७ बस्ने वर्ष २५ को जयकान्त राय यादव सोही स्थानका वर्ष २५ को हरिशंकर यादव, वर्ष २० का आकाश यादव, वर्ष २० का रबि कुमार यादव, वर्ष १९ का अनिल कुमार यादव रहेका छन । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोक बस्ने वर्ष ३७ का सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा ५ बस्ने वर्ष ३४ का धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अवरुद्ध बनेको सडक संचालनमा आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka