Premier Cables
Premier Steel

अन्य

मसिहा-लोकप्रियताको भूमरी र भविष्यको चुनौती

अधिवक्ता राजकुमार सिवाकोटी Calendar आइतबार, फाल्गुण ०३, २०८२  | बिहान ८:२४ बजे

नेपाल राजनीति अप्ठ्यारो मोडमा छ । यहाँ स्थापित राजनीतिक दल र नयाँ मसिहा–लोकप्रियतावादी धारबीच तीव्र तितो प्रतिस्पर्धा छ । यो द्वन्द्व केवल सत्ता प्राप्तिको लडाइँ मात्र हो । यसले नेपालको सामाजिक संरचना, पहिचान र मनोविज्ञानलाई जटिल बनाउने डर छ । लोकप्रियतावाद अर्थ नभएको शक्तिशाली चक्रवात बनको लोकजनले ठानेका छन् । यसले स्थापित लोकतान्त्रिक संस्थाहरूलाई अर्थ र तर्क बिनाको भुत्ते चुनौती दिँदैे छ ।

उदेकको लोकप्रियतावादको उदय

नेपालमा मसिहा–लोकप्रियतावाद उदयको जग २०७२ सालको संविधान घोषणा पछिको संक्रमणकालीन अवस्थ एक हो । यता, भूकम्प, भारतीय नाकाबन्दी र कोभिड–१९ महामारीले निम्त्याएको निरासाको खेतमा जोत्न सजिलो भएकै हो । मसिहा–लोकप्रियतावादले समाजलाई दुई भागमा विभाजन गर्दै छ । लुसिफर–स्टन्ट र पुराना भ्रष्ट दल–नेता । नेपालमा यो विभाजन कर्मचारीतन्त्र र पुराना दलका नेता विरुद्ध केही लुसिफर– स्टन्टको रूपमा देखा परेको छ ।

यसमा देखिएको फोटो धेरै धातक हुने छ । २०२२ को स्थानीय र आम निर्वाचन र विशेष गरी २०२५ को युवा पुस्ताको विद्रोहले यो प्रवृत्तिलाई बलियो बनाएको छ । रास्वपाको उदय, काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्तिको लोकप्रियताले नेपालमा विचारधाराभन्दा बाहिरको मसिहा–लोकप्रियतावाद वा पपुलिस्ट स्टन्टको जग बसालेको देखिन्छ । यो उदेक लाग्दो उदय हो ।

समयरेखा अनुसार यस्ता उदेकका मसिहा–लोकप्रियतावाद चर्चाका विषय नै थिए । १९९० – २००६ माओवादी जनयुद्ध र ४० बुँदे माग सामन्तवादको अन्त्य र सर्वहाराको शासन खोज्दै उदय भएको थियो । यता, २०१५–२०१८ केपी शर्मा ओलीको राष्ट्रवाद भारतीय हस्तक्षेप विरुद्ध राष्ट्रिय स्वाधीनता हलिउड हल्लाउने सिनेमा थियो ।

०२२–०२४ र त्यसयता , बालेन शाह र हर्क साम्पाङको पुराना दलले गरेनन्, हामी एक्सन गर्छौं भन्ने बुझाई स्वर्गका तारा झार्ने कथा होे । जेन्जी विद्रोह र सुशीला कार्कीको भ्रष्टाचार र नातावाद विरुद्धको अन्तिम लडाइँ भन्ने कथन हुटी ट्याउँले खुट्टा ठाडा पारेर सागर थामेको उखान नै हो ।

 

 

मसिहाको राजनैतिक मनोविज्ञान र विचारधाराको अन्त्य

नेपालको राजनीति अहिले वैचारिक शून्यताबाट गुज्रिरहेको छ । बीपी कोइरालाको समाजवाद, मदन भण्डारीको बहुदलीय जनवाद वा माओवादीको उग्र–वामपन्थी विचारधाराबाट निराश भएर नागरिकले अब कुनै सिद्धान्त भन्दा पनि तत्काल परिणाम दिने ‘मसिहा’ खोजिरहेका छन् ।

परम्परागत दलहरूको कमजोर हुँदै जानु र नयाँ शक्तिहरूको आकर्षण बढनका धेरै कारण छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलहरूमा आन्तरिक लोकतन्त्रको कमी, नेतृत्वमा पुस्तान्तरण नहुनु र भागबन्डाको राजनीतिले गर्दा नागरिकमा तीप्रति वितृष्णा बढेको छ । र, नेपाली राजनीतिमा प्रक्रियाभन्दा पनि सुविधाको राजनीति हाबी हुँदा निराशा बढेको हो ।

यही कारणले मसिहा–लोकप्रियतावादीले हामी नयाँ छौँ, हामीसँग कुनै राजनीतिक दाग छैन भन्ने नारा दिएर नागरिकलाई सहकारी ठगेझैँ ठग्दैछन् । लुसिफर–मसिहा–रास्वपा जस्ता पार्टीले कुनै ठोस विचारधारा बिना नै केवल लोकप्रिय भावना र स्टन्ट राजनीतिको आधारमा आफ्नो ठुलो मुख खोलेर हिडेका छन् । यसले लोकतन्त्रको आधार मानिने नीतिगत बहस हराउँदै छ र त्यसको ठाउँमा नीति खाने भीडको मसिहा मनोविज्ञान हावी भएको छ ।

२०२५ को सेप्टेम्बरमा भएको युवा विद्रोह जनप्रियतावादको एउटा नयाँ रूप थियो । तर, यसलाई मसिहाले अपहरण गरे । यो विद्रोह बीसौँ शताब्दीको राजनीतिक संरचना विरुद्ध एक्काइसौँ शताब्दीको डिजिटल नागरिकहरूको लडाइँ थियो । तर, एक मसिहाको सपना तारो कुर्सी बन्यो – उसले त फुटुङ्गे मुख्तियारलाई मैदानमै चुनौती दिदै छ ।

जेन्जी आन्दोलनका दौरानमा भएको धनजनको क्षति अपुरणीय छ । दुई दिनको बीचमा ७२ जनाको ज्यान जानु र सयौं घाइते हुनु जीवित राज्यको कसाई रूप हो । कुनै पनि देशका नागरिकले आन्दोलनका नाममा आफ्नै देशका प्रमुख प्रशासनिक हेडक्वाटर, सर्वोच्च अदालत, संसद भवन लगायतका सयौं सरकारी कार्यालय जलाउनु गम्भीर फौजदारी अपराध र आफैंमाथिको प्रहार हो । यो कुनै पनि अर्थमा राष्ट्र राज्यप्रतिको प्रेम होइन ।

धेरै पर्यवेक्षकहरूले यसलाई परम्परागत सत्ता प्रतिको वितृष्णा पनि भन्छन् । तर, यस्ता भनाई– राष्ट्रको स्वाधीनता र सर्वभौमताको कशीमा साह्रै हलुका टिप्पणी मात्र हुन्छ । अहिले नेपाली समाजमा मसिहा–लुसिफरहरूलाई बोकेर हिँड्ने अधिकांश समर्थकहरूको दिमागमा गु र मुत खानु भन्ने सिजोफेनिक–मेनियाको साइकोसिस समस्या उच्चतहमा बढेकोे छ । यसको उदाहरण यो लिङ्क जततउकस्ररधधध।ाबअभदययप।अयmरकजबचभरउरज्ञम्भःबभ्अद्यच्कर भित्र गएर हेर्नुभो भने यथेष्ट पाउनु हुनेछ ।

घाइते समाजको मनोविज्ञान

नेपाली समाज घाइते समाज हो । सशस्त्र द्वन्द्वको घाउ, भूकम्पको विनाश, र राजनीतिक अस्थिरता भित्र हाम्रो सामाजिक मनोविज्ञानले सुरक्षा र स्थायित्वमा चुनौती देखेकोे छ । पलायन र विप्रेषणको मनोविज्ञान ठूलो चाहना भएको छ । नेपालको ठूलो युवा जनसंख्या वैदेशिक रोजगारीमा छ । यसले दुईवटा मनोवैज्ञानिक असर पारेको छ । पहिलो, देशमा रहेका वृद्धवृद्धा र बालबालिकामा एक्लै छाडिएको भावना छ ।

दोस्रो, विदेशमा रहेका युवाहरूमा सामाजिक सञ्जालमार्फत देशको राजनीतिमा प्रभाव पार्ने ‘ट्रान्सनेशनल’ सक्रियता बढेको छ । यो सबै विखण्डित भएको मनोविज्ञान हो र यसैभित्र मसियाहरूले आ–आफ्नो लोकप्रियतावादी राजनीतिको ढाकर भर्ने सपना देखेको छ । यो सपना हदै खराब सपना हो ।

नेपालमा , धार्मिक र दक्षिणपन्थी मसिहावादको खतरा पनि छ । नेपालमा अहिले जनप्रिय वामपन्थी पहिचानबाट दक्षिणपन्थी र धार्मिक पहिचानतर्फ ढल्किँदै गएको देखिन्छ । संविधानले धर्मनिरपेक्षता घोषणा गरेपनि समाजको ठूलो हिस्सामा हिन्दू राष्ट्रप्रतिको भावना कायमै छ । नेपालमा भविष्यमा धार्मिक जनवादका मसिहा देखा पर्न सक्छन् । यो झनै जोखिमपूर्ण हुनेछ, किनकि यसले राष्ट्रिय भावनालाई साम्प्रदायिक पहिचानसँग मिसाउनेछ । अनी आगो बल्ने छ । मसिहाले त्यसैमा सेकुवा सेक्ने छन् ।

काठमाडौँका मेयर बालेन शाहजस्ता लुसिफर–मसिहाहरुले नटकीे रुपमा नयाँ प्रकारको सांस्कृतिक जनवाद कविता पढ्न सक्छन् । एकातिर यो प्रवृत्तिले जातीय विभाजन कम गरेजस्तो देखिए पनि, अर्कोतिर यसले लोकतान्त्रिक संस्थाहरूभन्दा शक्तिशाली नेताका रुपमा लुसिफर– मसिहालाई माथि राख्ने सामाजिक मनोविज्ञानलाई बढावा दिन्छ । यसका संकेत देखा परेकै छन् ।

सिंहदरबारमा आगो लगाउन उर्दी जारी गर्ने, सहकारी ठगीको फौजदारी मुद्दामा अदालतबाट दोषी करार हुँदै गरेको र खुल्ला रूपमा जेल तोडेर १६ हजार कैदी भगाउन नेतृत्व गर्ने सबै लुसिफर–मसिहा हुन् । जुन समूहलाई नेपाली धृतराष्ट्रका अवतारहरूले डोलीमा बोकेर जयजयकार गरिरहेका छन् । यो दृश्यलाई हेरेर दुनियाले ताली बजाउँदै हाम्रा टाउकाको फुटबल खेल्नु–हाम्रै मुख्र्याइको नतिजा हो भन्नेमा अब शङ्का नगरौँ ।

सामरिक चेपमा कूटनीतिक संवेदनशीलता

लुसिफर–मसिहाले कुनै सामरिक र रणनीतिक मनोविज्ञानको मेसो पाएका छैनन् । यीनका गिदीले भ्याउने बिषय पनि होईन्– यो हाम्रो सानो राष्ट्रको सुरक्षाको सवाल । नेपालको रणनीतिक मनोविज्ञान सधैँ यसको भौगोलिक अवस्थिति र दुई विशाल छिमेकीहरू–भारत र चीनको प्रभावमा रहँदै आएको छ ।

दुई ढुङ्गा बीचको तरुल भन्ने भनाइले नेपालीहरूको रणनीतिक सोचमा सधैँ एक प्रकारको अस्तित्व जोगाउने डर उत्पन्न गराएको छ । यो सचेतताको भाइब्रेसन हो ।

जनवादी नेताहरूले यही रणनीतिक डरलाई आफ्नो शक्तिको स्रोत बनाउँदै आएका छन् । सन् २०१५ को भारतीय नाकाबन्दीका बेला केपी शर्मा ओलीले लिएको अडानले उनलाई राष्ट्रिय नायक बनायो, तर यसले छिमेकीसँगको सम्बन्धमा एक प्रकारको ’पपुलिस्ट उत्तेजना’ पनि थप्यो । नेपालमा कुनै पनि विदेशी सहयोग (जस्तैः एमसीसी वा बीआरआई) लाई विकासको परियोजनाभन्दा पनि राष्ट्रिय स्वाधीनतामाथिको खतराको रूपमा प्रस्तुत गर्ने गरिएको छ ।

यसको पछाडि नेपालको सानो राष्ट्रको मनोविज्ञान लुकेको छ । साना राष्ट्रहरू सधैँ महाशक्तिहरूको प्रतिनिधि बन्ने डरमा रहन्छन् । जनवादीहरूले यही डरलाई उपयोग गर्दै नगरिकमा हामी मात्र देशका सच्चा रक्षक हौँ भन्ने भ्रम छर्न सफल भए । २०२५ को विद्रोहपछि गठन भएको अन्तरिम सरकारले यी रणनीतिक प्रतिद्वन्द्वीसँग सन्तुलन मिलाउन सक्ने बिषय नै होईन् । यो उसका हकमा निकै कठिन काम हो । उता, भारत र चीन दुवैले नेपालको नयाँ सत्ता समीकरणलाई आ–आफ्नो स्वार्थअनुसार हेरिरहेका छन् ।

नेपालमा एमसीसी र बीआरआई सम्बन्धी बहसहरू कूटनीतिक कोठाभन्दा बढी सडक र सामाजिक सञ्जाल छरिए । जसले कूटनीतिकबृतमा कुनै अर्थ राखदैन् । राजनीतिक दलले नै एमसीसीलाई अमेरिकी सैन्य रणनीतिको अङ्गको रूपमा र बीआरआईलाई ऋणको धरापको रूपमा चित्रण गरे ।

यसले नागरिक जनखेतमा ध्रुवीकरण सिर्जना गन्योे । यसबाट निस्कने तर मसिहाले खाने प्रयास गरे । यो रणनीतिक मनोविज्ञानले गर्दा नेपालको परराष्ट्र नीति अब संस्थागत निर्णयभन्दा पनि भीडको प्रतिक्रिया बाट निर्देशित हुनु पर्छ भन्ने मुर्खहर यहाँ धेरै बढे ।

लोकप्रियताको दलदल र भविष्यको चुनौती

हामीे आम चुनावको संघारमा छौ । सुशीला कार्कीको अन्तरिम सरकारले यो चुनावलाई कसरी सम्पन्न गर्छ ? भन्ने कुराले नेपालको भविष्य निर्धारण गर्नेछ । चुनावको परिणामले भविष्यको जनादेश कसले कसरी प्राप्त गर्छ ? त्यो अझ महत्वपूर्ण कुरा छ ।

चुनावको परिणामले बहुआयामिक रुपमा नेपालको भविष्यलाई डोर्याउनेछ । यस पाटोमा सबै सचेत नागरिकले हदै गम्भीर भएर मनन गर्नैपर्छ । नत्र इतिहासले केही पनि सिकाउँदैन खाली सजाय मात्र दिन्छ ।

अहिले नेपाली समाज पुराना र लुसिफर–मसिहाका चेपमा छ । यो हाम्रा अस्तित्व सङ्कटका रमिते मसिहाका लावालस्कार बनेका छन् । लोकप्रिय लुसिफर–मसिहाको आधारमा बनेका पार्टी र उम्मेदवारहरूमा सैद्धान्तिक स्पष्टता र कार्य योजना छैन् ।

उनीहरूले सत्ता सम्हालने मौका पए कस्तो काम गर्छन् ? भन्ने आशंका गहिरो छ । रवि लामिछाने जस्ता व्यक्तिहरूमाथि लागेका आरोपहरूले यी नयाँ राजनीति कर्मीको नैतिकतामाथि नै प्रश्न उठाएको छ ।

नेपाल लोकप्रियतावादको दलदलमा फस्नु भनेको केवल केही नयाँ नेताहरूको उदय हुनु मात्र नभएर स्थापित राजनीतिक प्रणाली र जनताबीचको विश्वास खस्केको प्रमाण पनि हो । लोकप्रियतावादले समस्याहरूलाई उजागर त गर्छ, तर यसले दिने समाधानहरू प्रायः सतही र भावनामा आधारित हुन्छन् । यो फगत मसिहाको नाटक मात्र हो ।

लोकप्रियतावादले नेपालको राजनीतिलाई नयाँको मसिहा त बनाएको छ, तर यो मसिहाले कस्तो भविष्य बनाउँछ ? भन्ने कुरा चुनाव र त्यसपछिको परिणम र राजनीतिक व्यवहारले मात्र देखाउनेछ । यदि यो लहरले केवल मसिहा, स्टन्ट र घृणालाई मात्र प्रोत्साहन गर्यो भने यसले लोकतन्त्रलाई नै समाप्त पार्ने छ ।

तर यदि यसलाई प्रणाली सुधारको दबाबका रूपमा प्रयोग गर्न सकियो भने नेपालले एक वास्तविक लोकतान्त्रिक पुनर्जागरणको अनुभव गर्न पाउनेछ । तर, यो साह्रै झिनो भरोसा हो ।

हामीले युक्रेनबाट पनि सिक्नुपर्छ । युक्रेनको अनुभवले देखाउँछ कि लोकप्रियवादले तत्कालीन रूपमा आमजनलाई सपना देखाउन मद्दत गरे पनि, यसले राज्यका संस्थाहरूलाई चकनाचुर बनाउँछ । युक्रेनी राज्यसत्ताको यो दुर्दशाको मुख्य कारण संस्थाहरूलाई भन्दा व्यक्तिहरूलाई प्राथमिकता दिनु हो ।

लोकप्रियवादले युक्रेनलाई यस्तो मोडमा पुर्याएको छ जहाँ युद्धको मारका बीच पनि आन्तरिक भ्रष्टाचार र शक्तिको होडबाजीले लोकतान्त्रिक भविष्यलाई अन्धकारमा पारेको छ । नेपालमा पनि धेरै भोलोडिमिर जेलेन्स्कीका संस्करण लुसिफर–मसिहाहरू छन् ।

बालेन शाह र रवि लामिछाने नेपालको परम्परागत राजनीतिक सिन्डिकेटलाई तोड्ने लुसिफर–मसिहाह बनेर आएका छन् । उनीहरूले अपनाएको शैली र मनोविज्ञानले सार्वभौमसत्ता र लोकतन्त्रको जगलाई नै कमजोर बनाउने जोखिम देखिएको छ । लुसिफर–मसिहा– लोकप्रियतावादले क्षणिक उत्साह त दिन्छ, तर यसले दीर्घकालीन संस्थागत विकास र विधिको शासनलाई क्षति पुर्याउँछ ।

नेपालको आगामी राजनीतिक बाटो चुनौतीपूर्ण छ । एकातिर पुराना दलहरूको भ्रष्टाचार र अक्षमता छ भने अर्कोतिर लोकप्रियतावादको नाममा उदय भइरहेको ‘पपुलिस्ट’ मसिहा– अधिनायकवादको छाँया छ । नागरिक समाज, बौद्धिक वर्ग र सञ्चार माध्यमले यी दुवै अतिवादबाट जोगिएर संवैधानिक मूल्य र मान्यताको रक्षा गर्नुपर्ने आवश्यकता छ ।

मसिहा बालेन र रवि केवल स्टन्टमा मात्र सीमित रहन्छ की उनीहरू संस्थागत जवाफदेहिताको कठघरामा उभिन तयार छन् ? यस सवालमा, जेन्जी आन्दोलनपछि छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएको भए त्यसले एउटा मानक निर्धारण गर्न सक्थ्यो । तर, कार्की आयोगको म्याद थपेर कार्की सरकारले यी दुवै मसियालाई देवदूत बनाउँदै गरेको अवस्था खेद जनक छ ।

अन्त्यमा, पपुलिस्ट मसिहाको सबैभन्दा खराब पक्ष भनेको यीनले समाजमा फैलाउने घृणा र ध्रुवीकरण हो । जब तर्क र तथ्य ओझेलमा पर्छन् र केवल ’भीड’ मसियालाई देवदूत देख्छ तब लोकतन्त्रको मृत्यु हुन्छ । नेपालले आर्जन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि पपुलिस्ट मसिहा र लोकतन्त्रिक पात्र बीचको भिन्नता छुट्याउन धेरै ढिला भइसकेको छ । कृपया हामी अभिसप्त इतिहास निर्माण गरेर–फुल्नेफल्ने सुन्दर भविष्यको देहान्तमा मलामी जान तयार नबनौँ । हेक्का राखौं–समय फेर्किँदैन–कर्मको इतिहाँस रातारात बदलिँदैन ।

लेखक सिवाकोटी अधिवक्ता तथा विकास मानवशास्त्री हुन् । उनी  विगत ३० वर्षदेखि राजनीतिक,सामाजिक र प्राज्ञिक क्षेत्रमा सक्रिय रहेका छन् ।

सम्पर्क नंं. ९८४१८४२००८ हो

 

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka