Premier Cables
Premier Steel

खेलकुद

झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २९, २०८२  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ ।

बिज्ञापन

जारी राष्ट्रिय लिगमा ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा झापाली खेलाडीहरु देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदिप बुढाथोकीसहित आज एन पेनाङविरुद्ध उत्रिदैछन् ।
एन पेनाङबाट नेपाली यु २३ का सदस्य लहान सुब्बा पतङवासहित, मदन स्याङतेन, योगेश लिम्बू टिममा छन् । मलेसियामा काम गर्दै एन पेनाङबाट खेल्ने उनीहरुमध्ये ताप्लेजुङका लहान सुब्बा गत वर्ष राष्ट्रिय टिममा छनोट भएका हुन् ।

एन पेनाङका बाँकी खेलाडी मलेसियनसहित भारतीय, ब्राजिलियन, उज्वेकिस्तानबाट अनुबन्ध गरिएको जनाइएको छ । टिमको प्रशिक्षकलगायत अफिसियल भने नेपाली नै रहेका छन् ।
दुईपटकको सहिद स्मारक लिग विजेता मछिन्द्र जारी राष्ट्रिय लिगमा पनि दाबेदार देखिएको छ । एन पेनाङ मलेसियामा हुने एनएफए कप, हिमालयन गोल्डकप र एन पेनाङ गोल्डकपको च्याम्पियन हो ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka