Premier Cables
Premier Steel

खेलकुद

आईसीसी टी-२० विश्वकप:आज इटली र नेपालबीच खेल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २९, २०८२  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘सी’ मा पर्ने नेपाल र इटलीबीचको खेल दिउँसो ३:१५ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।

बिज्ञापन

दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आजको खेल उनीहरूका लागि विशेष महत्त्वको छ। नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो। त्यसैले दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा आमनेसामने हुन लागेका हुन्। सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत यी दुई टोलीबीच ५० ओभरको खेल भएको थियो।

बिहीबार हुने यो खेल भने नेपाल र इटलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। साथै, इटलीसँग १३ वर्षपछि खेल्न लागेको नेपाल १२ वर्षपछि विश्वकपमा जित निकाल्ने प्रयासमा हुनेछ।

नेपालले सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेपछि विश्वकपमा जित हात पार्न सकेको छैन।

समूह ‘सी’ को अंक तालिकामा वेस्ट इन्डिजले दुवै खेल जितेर ४ अंक जोडिसकेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलबाट समान २–२ अंक बटुलेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka