Premier Cables

खेलकुद

झापा गोल्डकपः उद्घाटन खेल झापा र पुलिसबीच

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न १:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने सातौँ झापा गोल्डकप’ को खेल तालिका आज सार्वजनिक गरिएको छ।

आयोजक झापा गोल्डकपले यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

विज्ञापन

उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहनेछ। जसमा माघ २५ गते दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।

तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा हुने उनले बताए।

यसैगरी, माघ २८ गते तेस्रो क्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भूटानको रोयल थिम्पु कलेज तथा माघ २९ गते अन्तिम क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए। प्रतियोगिताको सेमिफाइनल खेल फागुन १ र २ गते हुनेछ भने फाइनल खेल फागुन ४ गते हुने तय गरिएको छ।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु सात लाख ५० हजार पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए। व्यक्तिगत विधातर्फ, सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु ३५ हजार पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद रु २५ हजार हात पार्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka