Premier Cables
Premier Steel

राजनीति

चुनाव नलड्ने मुडमा कांग्रेस नेता पूर्णबहादुर खड्का

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जान इच्छुक नरहेको उनीनिकट नेताहरूले बताएका छन्।

उनीहरूका अनुसार खड्काले सुरुदेखि नै अदालत जाने विकल्पको विरोध गर्दै आएका थिए।

निवर्तमान सभापति शेरबहादुर देउवाको जोडबलका कारण मात्र देउवा समूह सर्वोच्च अदालतमा रिट लिएर गएको दाबी खड्कानिकट नेताहरूको छ। “पूर्णबहादुर खड्काले अदालत नजाऔँ भनेर धेरै प्रयास गर्नुभयो, तर देउवा र उहाँनिकट केही नेताहरूले अदालत जानैपर्ने अडान लिए,” एक नेताले बताए।

खड्कासँगै रमेश लेखक, श्यामकुमार घिमिरेलगायत नेता पनि अदालत नजाने पक्षमा थिए। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विस्तार गरेर अघि बढ्न सकिने र त्यसै आधारमा सहमति खोज्नुपर्ने धारणा राख्दै आएका थिए।

आफ्नो चाहना विपरीत अदालतमा मुद्दा दायर भएपछि खड्काले नैतिक कारण देखाउँदै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताइएको छ। अदालतमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको नाममा वारेसमार्फत रिट दायर भएको छ।

खड्काले आफू चुनाव नलड्ने भए पनि अन्य नेताहरूलाई पार्टीकै चुनाव चिह्न ‘रूख’ बाट चुनाव लड्न र नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वसँग संवाद गर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा देउवा पक्ष अदालत पुगेको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। कांग्रेसले संसदीय बोर्ड बैठकमार्फत उम्मेदवार तय गर्ने तयारी गरिरहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka