Premier Cables
Premier Steel

राजनीति

आधिकारिता दाबी गर्न देउवा समूह अदालत जाँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा पक्षले आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको छ। “हामी आज रिट लिएर जाने तयारीमा छौं,” पौडेलले बताए।

बिज्ञापन

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो। सो बैठकले कानुनी प्रक्रियाको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।

खड्का हाल रिट निवेदनको तयारीका लागि कानुन व्यवसायीहरूसँग छलफलमा छन्। स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरू यस प्रक्रियामा संलग्न छन्।

यसअघि गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका थिए, जसबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्।

देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै त्यसलाई अस्वीकार गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka