Premier Cables
Premier Steel

विराटनगर

मध्यरातामा विराटनगरका क्यासिनो छिरेका २० जना नेपाली पक्राउ

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरका दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेर २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध भए पनि लामो समयदेखि लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार विराटनगरस्थित बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्र रहेको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको थियो।

राति करिब ११ बजे गरिएको कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नागरिकलाई रंगेहात नियन्त्रणमा लिएको हो।

एसपी कटुवालका अनुसार छापा हान्दा क्यासिनोभित्र नेपाली नागरिक निर्वाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेका थिए। कानून विपरीत नेपालीलाई प्रवेश गराई जुवा खेलाएको पाइएकाले व्यवस्थापकसहित उपस्थित सबैलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको उनले बताए।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

विराटनगरमा हाल दुई वटा क्यासिनो सञ्चालनमा छन्। कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरे पनि ती क्यासिनोमा नियमविपरीत नेपालीले निर्वाध रूपमा प्रवेश गरी लाखौँ रुपैयाँको जुवा खेल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka