काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको समूह चरण आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलसँगै सम्पन्न भएको छ। समूह चरण सकिएसँगै शीर्ष तथा पुछार टोलीको स्थिति पनि स्पष्ट भएको छ।
प्लेअफमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रवेश गरेका छन्। भने पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिएका छन्।
अंकतालिका स्थिति
• १. सुदूरपश्चिम रोयल्स — १२ अंक
७ खेलमा ६ जित र १ हारसहित तालिकाको शीर्ष स्थान।
• २. विराटनगर किंग्स— १० अंक
५ जित र २ हारसहित दोस्रो स्थान। पहिलो क्वालिफायरमा भोलि (मंसिर २३) सुदूरपश्चिमसँग भिड्ने।
• ३. काठमाण्डू गोर्खाज— १० अंक
लिग चरणमा उस्तै ५ जित र २ हार भए पनि नेट रनरेटमा विराटनगर भन्दा पछि परेर तेस्रो।
• ४. लुम्बिनी लायन्स— ८ अंक
४ जित र ३ हारका साथ प्लेअफमा अन्तिम स्थान सुरक्षित।
प्लेअफ बाहिरिएकाहरू
• ५. पोखरा एभेन्जर्स— ६ अंक
• ६. कर्णाली याक्स— ४ अंक (नेट रनरेटमा अगाडि)
• ७. चितवन राइनोज— ४ अंक
• ८. जनकपुर बोल्ट्स— २ अंक (एकमात्र जित)
पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स यस संस्करणमा तालिकाको पुछारमा रह्यो।
अब प्लेअफमा कडा प्रतिस्पर्धा
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दा, हार्ने टोलीले दोस्रो मौका पाउनेछ। काठमाण्डू र लुम्बिनीबीच एलिमिनेटर खेल हुने छ।
प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार (मंसिर २७) का लागि तोकिएको छ।
