Premier Cables
Premier Steel

खेलकुद

१५ औं प्याब्सन स्पोर्टस मिटस्: उपाधिका लागि मोर्डन एरा र वाल्मीकि भिड्ने

Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान १०:३२ बजे

विराटनगर । १५औं संस्करणको प्याब्सन स्पोट्र्स मिटअन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरको मोर्डन एरा स्कुल र वाल्मीकि स्कुलबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलहरूमा जित निकाल्दै मोर्डन एरा स्कुल र बालमिकी स्कुलले उपाधिका लागि भेट पक्का गरेका हुन् ।

बिज्ञापन

विराटनगरस्थित सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुलले ब्राइट फ्युचर स्कुललाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो । टाइब्रेकरमा मोर्डन एराका तर्फबाट बिपि राजवंशी, सुजल कुमार श्रेष्ठ र प्रेम शेर्पाले समान १-१ गोल गरे ।

यता पराजित ब्राइट फ्युचरका तर्फबाट सुरज विश्वकर्मा र सुशन दर्जीले १-१ गोल गरे पनि टोलीलाई जिताउन सकेनन् । उक्त खेलको ‘म्यान अफ द म्याच’ मोर्डन एरा स्कुलका गोलकिपर डिग विजय बस्नेत घोषित भए ।

त्यस्तै, बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वाल्मीक स्कुलले हरैचा मोडल स्कुललाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको छ ।

वाल्मीकिको जितका लागि विवेक मगरले गरेको गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको फाइनल प्याब्सन स्पोर्टस मिटको समापनको दिन आइतबार हुने फुटबलको संयोजक हिरा थापाले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka