Premier Cables
Premier Steel

खेलकुद विराटनगर

१५ औं प्याब्सन स्पोर्ट्स मिट: २३५ विद्यालयका ३ हजार खेलाडीको उत्साहपूर्ण प्रतिस्पर्धा

Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ७:४८ बजे

राटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ ।

प्याब्सन मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोट्र्स मिटको तयारीबारे जानकारी गराएको हो ।

बिज्ञापन

प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १९ गते शुक्रबारदेखि २१ गतेसम्म हुने तय भए पनि केही खेलहरू भने सुरु भइसकेका छन् ।

खेल तालिकाको चापलाई व्यवस्थापन गर्न फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू उद्घाटन अगावै सुरु गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । जसअनुसार विराटनगरको सहिद रंगशालामा फुटबल र विराटनगर जुटमिलको खेल मैदानमा क्रिकेट प्रतियोगिताहरू धमाधम सञ्चालन भइरहेका छन् ।

शिक्षा क्षेत्रको उन्नयनसँगै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्राथमिकतामा राखेर २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशकै प्रतिष्ठित खेलकुद महोत्सव मानिन्छ । यस वर्षको संस्करणमा मोरङ जिल्लाभरका २३५ सदस्य विद्यालयहरूबाट ३ हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स गरी विभिन्न विधाहरू समावेश गरिएको छ । खेलहरू विराटनगरस्थित सहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन हुनेछन् । प्याब्सन मोरङले जिल्ला फुटबल संघ, क्रिकेट संघ, भलिबल संघ लगायतका विषयगत खेल संघहरूको प्राविधिक सहयोगमा खेल सञ्चालन गरिरहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने खेल संयोजक विष्णु डंगोलले जानकारी दिए । तीन दिनसम्म चल्ने यो खेलकुद मेलाको अवलोकन गर्न करिब १ लाखभन्दा बढी खेलप्रेमी दर्शकहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

मङ्सिर १९ मा भव्य उद्घाटन
स्पोट्र्स मिटको औपचारिक उद्घाटन मङ्सिर १९ गते शुक्रबार बिहान ११ः०० बजे विराटनगरको सहिद रंगशालामा हुनेछ । उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मोरङका सचिव देवि सिटौलाले यस कार्यक्रमबाट उदाएका थुप्रै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मोरङ र देशकै नाम राख्न सफल भएको स्मरण गर्दै यस वर्ष पनि नयाँ प्रतिभाहरूको उदय हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka