Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

युक्रेनमाथि भीषण गोलाबारी, २४ घण्टाभित्र ३६ ब्यालिस्टिक मिसाइल र ६०० ड्रोन हमला

Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान १०:१८ बजे

काठमाडौं। युक्रेनमा रूसले गरेको पछिल्लो भीषण आक्रमणपछि युद्ध फेरि एक खतरनाक मोडमा प्रवेश गरेको छ। पछिल्ला ४८ घण्टाभित्र रूसी सेनाले करिब ३६ ब्यालिस्टिक मिसाइल र लगभग ६०० ड्रोन प्रयोग गरी हमला गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

यस आक्रमणले प्रमुख ऊर्जा केन्द्रहरूमा ठूलो क्षति पुर्‍याएको छ, जसका कारण करिब १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन्।

बिज्ञापन

खेरसोन, सूमीको ठूलो भूभाग, खारकिभ सहर तथा खारकिभ क्षेत्रको बिल्भास्थित सैन्य आधारमा केन्द्रित हमलाले विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। आक्रमणहरूले युक्रेनको सैन्य क्षमता मात्र होइन, नागरिक पूर्वाधारमा पनि गम्भीर असर पारेको छ।

यी हमलाहरूमा २० भन्दा बढी नागरिकको ज्यान गएको युक्रेनी सञ्चारमाध्यम सस्पिल्ने र किभ इन्डिपेन्डेन्ट ले ऊर्जा मन्त्रालय र स्थानीय प्रशासनलाई उद्धृत गर्दै जनाएका छन्। रूसले विशेषगरी ऊर्जा संरचना र सैन्य आधारहरूलाई लक्ष्य बनाएको बताइन्छ।

खेरसोन र सूमीका प्रमुख सबस्टेसन तथा ट्रान्सफर्मर स्टेसनहरू ध्वस्त पारिएकाले धेरै क्षेत्र लामो समयसम्म विद्युत् सुविधाविहीन बनेका छन्।

खारकिभ सहर तथा आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध भएपछि पानी पम्पिङ प्रणालीदेखि ट्राम र मेट्रोजस्ता आवश्यक शहरी सेवाहरू पनि बन्द भएका छन्।

युक्रेनी सेनाका अनुसार, रूसले पछिल्ला ४८ घण्टामा तीन दर्जनभन्दा बढी ब्यालिस्टिक मिसाइल र ६०० ड्रोन प्रहार गरी ‘स्याचुरेसन अट्याक’ रणनीति अपनाएको छ, जसको उद्देश्य रक्षा प्रणालीलाई थकित बनाउँदै अधिकतम क्षति पुर्‍याउने हो।

अन्तर्राष्ट्रिय सामरिक संस्थानहरू—इन्स्टिच्युट फर द स्टडी अफ वार र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI)—ले युक्रेन जाडोमा ऊर्जा निर्भरता बढ्ने समय नजिकिँदै गर्दा रूसले ऊर्जा तथा तातो पानीका संरचनामा तीव्र आक्रमण गर्नेसक्ने चेतावनी पहिले नै दिएका थिए।

यी आक्रमणहरूको मुख्य उद्देश्य युक्रेनमा सामाजिक–आर्थिक दबाब वृद्धि गर्दै किभलाई वार्ता वा केही सहुलियत स्वीकार गर्न बाध्य पार्नु रहेको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka