Premier Cables
Premier Steel

शेयर बजार

नेप्से २६ सय बिन्दुमाथि, कारोबारमा पनि उछाल

Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न ३:५१ बजे

काठमाडौं । आइतबार नेप्सेले २६ सय बिन्दु पार गरेको छ । आइतबार नेप्से ३९.९२ अंकले बढेर २ हजार ६००.२२ विन्दुमा कायम भएको हो ।

आज सेयर बजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २३७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १८ कम्पनीका सेयरमूल्य घटेका छन् । दुईवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् ।

बिज्ञापन

आइतबार कुल १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबारको तुलनामा कारोबार रकममा ३४ प्रतिशतको वृद्धि हो ।

आज सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमा म्युचल फण्ड समूहको परिसूचक मात्रै घटेको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक २.५५ प्रतिशतले बढेको छ । सागर डिष्टीलरी, बन्दिपुर केवलकार तथा झापा इनर्जीका सेयरधनीले सबैभन्दा बढी कामएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने पिपुल्स् हाइड्रोपावर कम्पनी, मोदी इनर्जी लिमिटेड तथा सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka