Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

समाचार

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, बैशाख ३१, २०८२  | साँझ ६:२६ बजे

काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको हो ।

पन्त र नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा काठमाडौं महानगरपालिका–२८ स्थित बागबजारको एक गेस्टहाउसमा पुगेका थिए ।

बिज्ञापन

सोही गेस्टहाउसमा साँझ अन्दाजी पौने ६ बजेतिर तामाङ मृत फेला परेकी थिइन् । मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो ।

पन्त भने फरार थिए । हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो । करिब एक महिनापछि फर्केर काठमाडौं आउँदै गरेका बेला उनी पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका पन्त पूर्व सैनिक हुन् । मृतक महिला र पन्त दुबै विवाहित हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो