Premier Cables
Premier Steel

अपराध

मोरङमा प्रहरी कार्यालय तोडफोड-आगजनी गर्ने २१ जना पक्राउ (नामावली)

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | साँझ ५:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भदौ २३ र २४ गते भएको ‘जेन–जेड’ आन्दोलनका क्रममा उच्छृङ्खल र आपराधिक गतिविधि गर्ने समूह घुसपैठ गरी मोरङका विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका घटनामा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्नको पहिचान गर्न सूक्ष्म अनुसन्धान तथा प्रमाण विश्लेषणपछि मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, CRV पोस्ट केशलिया, जतुवा, जिल्ला ट्राफिक कार्यालय मोरङका संरचना, ट्राफिक आइल्यान्ड, ट्राफिक लाइट, CCTV क्यामेरा तथा सवारी साधनमा तोडफोड र आगजनी गरी ठूलो मात्रामा क्षति पुर्‍याएका थिए। अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

१. जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ परेकाहरू

विशाल बाल्मिकी (२२), विराटनगर–५

गोपी साह (२७), विराटनगर–९

विष्णु साफी (२०), विराटनगर–९

राजेश यादव (२४), विराटनगर–१४

सुरज सिंह (२४), जहदा गाउँपालिका–५

मुकेश कामत (२२), जहदा गाउँपालिका–५

प्रवेश मण्डल (३०), जहदा गाउँपालिका–२

सुशिल यादव (२५), जहदा गाउँपालिका–३

चन्दन बर्मा (२४), विराटनगर–६

किसन सहनी (२९), विराटनगर–६

२. इलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ परेकाहरू

चन्द्र कार्की (२३), पथरी शनिश्चरे–१

दीपक चौधरी (२३), पथरी शनिश्चरे–१

मुकेश वराईली (२५), पथरी शनिश्चरे–१

विश्वास थापा (२१), पथरी शनिश्चरे–१

सिदार्थ राई (१९), पथरी शनिश्चरे–१

मिथुन मण्डल (२६), पथरी शनिश्चरे–१

३. इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पक्राउ परेकाहरू

राजकुमार सहनी (२९), उर्लाबारी–६

उदय साह (४५), उर्लाबारी–६

बब्लु साह (४०), उर्लाबारी–६

मिलन राई (३०), उर्लाबारी–६

रविन सुन्दास (२४), उर्लाबारी–७

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka