Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायलद्धारा गाजामा भिषण हमला, २८ जनाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines

इजरायलले गाजाको एक युरोपेली अस्पतालमा आक्रमण गरेको छ। गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा इजरायलले हवाई आक्रमण गर्दा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।

स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए। बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए।

इजरायली सेनाले ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूविरुद्ध सटिक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पतालमुनि रहेको दाबी गरेको थियो।

यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ। ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka