Premier Cables
Premier Steel

अपराध

लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या: एक महिना बितिसक्दा पनि रहस्यमय घटना

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १२:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या भएको एक महिना बितिसक्दा पनि घटना अझै रहस्यमय बनेको छ। उनकाे शव गत कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो।

यस घटनापछि गाउँभर त्रास र आक्रोश फैलिएको छ भने प्रहरीलाई पनि घटनाको गुत्थी फुकाउन कठिनाइ भएको छ। अंशुको शव हालसम्म कोसी अस्पताल विराटनगरको शवगृहमै राखिएको छ।

बिज्ञापन

परिवारका अनुसार अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएर बेपत्ता भएकी थिइन्। झन्डै दुई हप्तासम्म खोजी गर्दा पनि फेला नपरेकी उनी बेपत्ता भएको १८ दिनपछि बेलबारी–लेटाङ सिमानास्थित वनमा मृत फेला परेकी थिइन्।

वनका अध्यक्ष दिनेश गिरीका अनुसार, स्थानीयहरू घाँसदाउरा लिन गएका बेला सडेको अवस्थामा बालिकाको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि परिवारले शवको पहिचान अंशुकै रूपमा गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहितको टोली घटनास्थल पुगेको थियो। मुचुल्का उठाउँदा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको र धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

तर, परिवार र गाउँलेहरूले भने अंशुको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन्।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की छात्रा थिइन्। सामान्य परिवारकी ती बालिकाको निर्मम हत्या भएकाले गाउँ शोकमग्न बनेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए। उनका अनुसार, घटना योजनाबद्ध ढंगले गरिएको अनुमान गरिएको छ।

“हाम्रो परिवार न्यायको प्रतीक्षामा छ,” अंशुका बुबा दामोदर गौतमले भने।

अनुसन्धानमा चुनौती

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, घटना सम्बन्धी प्राविधिक अनुसन्धान भइरहेको भए पनि अझै ठोस प्रमाण फेला परेको छैन।

“सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ। केही व्यक्ति शंकाको घेरामा छन्, तर पर्याप्त प्रमाण बिना पक्राउ गर्न मिल्दैन,” उनले भनिन्।

प्रहरीका अनुसार फरेन्सिक परीक्षण र डीएनए विश्लेषणका लागि नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। रिपोर्ट नआएसम्म थप विवरण दिन नसकिने बताइएको छ।

परिवारले दोषी पक्राउ नपर्ने गरी शव बुझ्ने वा दाहसंस्कार नगर्ने अडान लिएकाले शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।


विशेष टोलीको अनुसन्धान

घटनाको संवेदनशीलता र गम्भीरता बुझ्दै जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ।

सो टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीका विशेष टोलीहरू पनि अनुसन्धानमा खटिएका छन्। टोलीहरूले घटनास्थल, वरपरका बासिन्दा, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग बयान लिइरहेका छन्।

“हाम्री छोरी फर्किँदिनन्, तर जसले यस्तो क्रूर काम गर्‍यो, उसले सजाय पाउनैपर्छ,” अंशुकी आमा बिना गौतमले आँसुभरी स्वरमा भनिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka