Premier Cables
Premier Steel

अपराध

लेटाङकी अंशु गौतम हत्याका आरोपी पुर्पक्षका लागि जेल चलान

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, पुष १८, २०८२  | बिहान ११:३७ बजे

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जबरजस्ती करणी प्रयासपछि हत्या गरेको अभियोगमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले अधिकारीलाई मुद्दाको अन्तिम फैसला नभएसम्म कारागारमा राख्न आदेश दिएको हो। आदेशपछि अधिकारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको जिल्ला अदालतले जनाएको छ।

अंशु गौतम असोज २१ गतेदेखि बेपत्ता भएकी थिइन्। पछि कात्तिक ७ गते उनको शव जंगलमा फेला परेको थियो। घटनाको अनुसन्धानपछि प्रहरीले मंसिर १८ गते पदमबहादुर अधिकारीलाई पक्राउ गरेको थियो।

मंसिर २१ गते ‘जस्टिस फर अंशु गौतम’ अपरेसनमार्फत प्रहरीले घटनाबारे जानकारी सार्वजनिक गर्दै बलात्कार प्रयासपछि हत्या गरिएको निष्कर्ष निकालेको थियो। बयानका क्रममा अधिकारीले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka