Premier Cables
Premier Steel

अपराध

लेटाङकी अंशु गौतम हत्यामा संलग्न छिमेकी पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा प्रहरीले मुख्य आरोपी पदम अधिकारीलाई पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अधिकारी मृतक गौतमका छिमेकी हुन्।

अंशुको हत्या भएको केही दिनमै अधिकारी भारतको आसामस्थित तीनसुकिया क्षेत्रमा फरार भएका थिए। अनुसन्धानको क्रममा उनी नै हत्यामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

पक्राउ परेपछि अधिकारीले हँसिया र खुकुरी प्रयोग गरी अंशुको हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ। घर फर्किएका उनलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

मृतकका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएको बताए। जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

असोज २१ गते हत्या गरिएकी अंशुको शव १८ दिनपछि चिसाङ खोला नजिकको जंगलमा सडे–गलेको अवस्थामा फेला परेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka