Premier Cables
Premier Steel

खेलकुद

क्रिकेट विश्वकप लिग-२: जितविहीन नेपाल

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा सम्पन्न त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन रह्यो।

बुधबार (कात्तिक १९) दुबईमा सम्पन्न अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएपछि नेपालको अभियान बिना जित टुंगिएको हो।

बिज्ञापन

नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईका मुहम्मद सहदादले उत्कृष्ट प्रदर्शन गर्दै १२३ बलमा ६ चौका र ३ छक्कासहित ९६ रन बनाए। त्यसैगरी, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रनको योगदान दिए। यी दुईबीच ६८–३ को अवस्थामा १४७ रनको साझेदारी भयो, जसले युएईलाई जितको नजिक पुर्‍यायो।

सोहेब खानले २९ रन, कप्तान आलिसान सराफुले १८ रन र हर्षिक कौसिकले १३ रन जोडे।
नेपालका करण केसीले तीन विकेट हात पारे भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो।
भीम सार्कीले ६८ बलमा ७ चौकासहित सर्वाधिक ४८ रन जोडे। कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन योगदान दिए।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन, दीपेन्द्रसिंह ऐरीले ३७ रन, र आरिफ सेखले ३० रन बनाए।
१०औं नम्बरमा आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे। उनले कुशल मल्लसँग नवौँ विकेटका लागि ४२ रनको उपयोगी साझेदारी गरे।

बलिङतर्फ युएईका ध्रुव परासर, मुहम्मद जवादुल्लाह र जुनैद सिद्दिकीले समान दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट हात पारे।

यसअघि नेपालले श्रृंखलामा अमेरिकासँग पहिलो खेलमा १०६ रन, दोस्रो खेलमा युएईसँग पाँच विकेट र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटले पराजय व्यहोरेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka