






काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ ।
बिहीबार (असोज २३) सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार (असोज २२) छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यही असोज १२ गतेयता सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । असोज १२ गते छापावाल सुन प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
असोज १९ गते छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँ थियो । असोज २० गते छापावाल सुन प्रतितोला दुई लाख ३३ हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । असोज २१ गते छापावाल सुन प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।