Premier Cables
Premier Steel

अर्थ

सुनको मूल्य बढेको बढ्यै

Calendar आइतबार, माघ ११, २०८२  | बिहान ११:२१ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ।

बिज्ञापन

यसअघि शुक्रबार (माघ ९) छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा २ सय ९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka