Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारत र पाकिस्तानबीच आज वार्ता

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २९, २०८२  | बिहान ११:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।
भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।
संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।
आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ, जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ ।
संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यस संघर्षविरामलाई स्वागत गर्दै भारत र पाकिस्तानबीच दीर्घकालीन शान्तिको आशा व्यक्त गरेका छन् ।
प्रमुख घटनाक्रमहरू
पहलगाम आतंकवादी हमलाः एप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु भएपछि भारतले कडा प्रतिक्रिया जनाउँदै पाकिस्तानमा रहेका आतंकवादी ठिकानाहरूमा लक्षित आक्रमण सुरु गरेको थियो ।
अपरेशन सिन्दूर : ७ मेदेखि सुरु गरिएको यस सैन्य अपरेशनमा भारतले पाकिस्तान नियन्त्रणमा रहेका कश्मीर र पाकिस्तान भिक्रका नौवटा आतंकवादी शिविरहरूमा आत्रमण गरी १०० भन्दा बढी आतंकवादीहरूलाई मारेको दाबी गरेको छ ।
संघर्षविरामको पहलः पाकिस्तानका डीजीएमओले १० मेमा भारतीय समकक्षीसँग सम्पर्क गरी संघर्षविरामको प्रस्ताव राखेका थिए, जसलाई भारतले स्वीकार गर्दै साँझ ५ बजेबाट लागू गरिएको जनाएको छ ।

बिज्ञापन

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka