Premier Cables
Premier Steel

अपराध

सुन तस्करी प्रकरणमा कृष्ण बहादुर महरा पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो।

महरा भेप प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले दिएको जानकारी अनुसार, चीनका एक नागरिकले २०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्र भन्सार छल्दै ल्याइएको सुन प्रयोग गरी महराले आपराधिक लाभ उठाएको आरोप लागेको छ।

बिज्ञापन

उक्त सुनको मूल्य करिब आठ करोड ५५ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ।

यसअघि महरा सोही प्रकरणमा हाजिरी जमानीमा छुटेका थिए। तर, अनुसन्धानको आवश्यकताका कारण अहिले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिएकोले पुनः पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी मनोज केसीले बताएका छन्।

महरा भन्सार ऐन, २०६४ तथा संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka