






विराटनगर । लघुवित्त र सामाजिक क्षेत्रमा काम गरिरहेको जीवन विकासले बाढी प्रभावितहरुका लागि खाना वितरणसँगै स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सोमबार विराटनगरका बाढी प्रभावित राखिएको दुई स्थानमा जीवन विकास सामुदायिक अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको हो ।
जीवन विकास लघुवित्ति वित्तीय संस्थाले झापा, मोरङ र सुनसरीमा एक हजार ३ सय भन्दा बढी बाढी प्रभावितलाई खाना खुवाएको हो ।
बाढी प्रभावित बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएपछि जीवन विकासले विराटनगर महानगरपालिका १२ को बखरी र विराटनगर– १६ को दरैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकसहितको टोलीले बाढीका कारण विस्थापित भएका ४ सय बढीको स्वास्थ्य जाँच गरी औषधि उपलब्ध गराएको जीवन विकास सामुदायीक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका संयोजक तेजस्वी मण्डलले जानकारी दिए ।
घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्तले प्रकोप तथा विपदमा सहयोग सामाजिक अभियान अन्तरगत सोमबार विराटनगरको रानी, बुधनगर, झापाकाे धरमपुर, सुनसरीको लौकही, मधुवन, छिटाहा र सिमरियामा एक हजार ३ सय बाढी प्रभावितहरुलाई खाना खुवाएको हो । आइतबार पनि झापा, मोरङ, इलाम र सिरहाका बाढी प्रभावितलाई जीवन विकासले सहयोग गरेको थियो ।