Premier Cables
Premier Steel

अर्थ

उद्योग संगठनको ध्यानाकर्षण: आन्दोलनको नाममा तोडफोड, व्यवसायमा क्षति नहोस्

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १३, २०८२  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।‌ उद्योग संगठन मोरङले हालै जेनेसी युवाहरुले भदौ २३ र २४ गते सञ्चालन गरेको आन्दोलनको क्रममा भएको मानविय र भौतिक क्षतिको घटनालाई गम्भीर रुपमा लिँदै नेपाल सरकारको गृह मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको छ।

संगठनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै, तोडफोड तथा नियन्त्रित नभएको आन्दोलनले नीति क्षेत्रका उद्योग व्यवसाय र निजी आवासमा क्षति पुर्याएको, आमजनता बिचलित भएको तथा श्रमशील वातावरण कमजोर बनाएको उल्लेख गरेको छ।

बिज्ञापन

विज्ञप्तिमा भनिएको छ, “नीति क्षेत्रको मनोबल अत्यन्तै कमजोर भएको छ। यस्ता अशान्त वातावरण, तोडफोड र विश्वस्त नहुने परिस्थितिमा लगानी प्रवर्द्धन हुन सक्दैन।” संगठनले कानुनी शासन, शान्ति सुरक्षा र सुरक्षित वातावरणमा मात्र व्यवसाय सञ्चालन सम्भव हुने भन्दै, गैरकानुनी रूपमा तोडफोड र आतंक सिर्जना गर्ने कार्य रोक्न माग गरेको छ।

संगठनका उपाध्यक्ष भोलानाथ दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नियमित कानुनी प्रक्रियालाई नअपनाई गरिएको यस्ता गतिविधिहरूले देशको नीति क्षेत्रलाई अति नै जोखिममा पारेका छन्। सम्पूर्ण पक्षहरू जिम्मेवार भएर कानुनी बाटोबाट समस्याको समाधान खोज्नुपर्ने आवश्यकता छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka