Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

अन्तराष्ट्रिय

भारत र पाकिस्तानबीच युद्धविरामः कार्यान्वयनमा चुनौती

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | बिहान १०:१८ बजे

जम्मूकश्मीरको पहलगाम घटनापछि एकअर्काविरुद्ध आक्रमण थालेका भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका सैन्य महानिर्देशकबीच हिजो भएको टेलिफोन वार्तामा युद्ध रोक्ने सहमति भएको हो ।

दुवै पक्षले जमिन, आकाश र समुद्र सबैतिरको गोलाबारी र सैन्य कारबाही रोक्ने तथा कुनै तटस्थ ठाउँमा वार्ता गर्न सहमत भएको जानकारी दिएका थिए । अर्को वार्ता भोलि सोमवार हुने भनिएको छ । तर सीमापार ड्रोन हमला र गोलाबारी नरोकिएका कारण युद्धविरामको कार्यान्वयनमा चुनौती देखिएको छ ।

बिज्ञापन

दुई देशले युद्धविराम भएको भने पनि केही घण्टामै हिजो बेलुका जम्मूकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताउनुभएको थियो । लगत्तै भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ ।

विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताउनुभयो । पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।

त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण युद्धविराम गर्ने सहमति बनेको जानकारी दिनुभएको थियो । भारतका विदेश सचिव मिश्रीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच बेलुका पाँच बजेपछि नै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताउनुभएको थियो । गएको अप्रिल २२ तारिखमा जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव चुलिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो