Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोपमा भारत–पाकिस्तान

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २८, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप समेत लगाए।

त्यसको केही समयपछि नै पाकिस्तानी विदेश मन्त्रीले आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको बताउँदै भारतले कुनै स्थानमा उल्लङ्घन गरेको आरोप लगाए।

बिज्ञापन

यी दुई देशबीच पछिल्लो चार दिन यता भएको झडप दशकमै सबै भन्दा खराब झडप थियो। २२ अप्रिलका दिन कश्मीरको पहलगममा आतङ्कवादी हमला भएपछि यसको विरुद्धमा गत साता भारतले आक्रमण सुरु गरेको थियो। यस क्रममा धेरै मिसाइल तथा ड्रोन आक्रमण भएको थियो। पाकिस्तानले पहलगाम घटनामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको थियो।

दुवै देश एक आपसमा युद्धको नजिक देखिएकै समयमा एकै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आफ्नो देशको मध्यस्थतामा युद्ध विराम भएको उल्लेख गरेका थिए।

त्यसको केही समयपछि नै भारतीय विदेश मन्त्रीले युद्ध विराम भएको बताउँदै यो सहमति गराउने कुरामा तीन दर्जन देश समावेश भएको समेत बताए। त्यसको केही घण्टापछि नै काश्मीरमा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ।

उनले भारतीय सेनालाई युद्ध विरामको बारे पूर्ण जानकारी दिइसकेको समेत बताए। त्यसको केही समय पछि नै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले युद्ध विरामका लागि पाकिस्तान तयार भएको बताए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka