Premier Cables
Premier Steel

खेलकुद

नेपालद्वारा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज पराजित

Calendar आइतबार, असोज १२, २०८२  | बिहान १२:०५ बजे

विराटनगर । नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ

नेपालले दिएको १४९ रनको लक्ष्य पूरा गर्न नसकेपछि वेस्ट इन्डिज पराजित भएको हो ।

बिज्ञापन

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेल खेलेको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

करण केसीले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिँदै राम्रो इकोनोमी कायम गरे (५.६७)। उस्तै प्रदर्शन दीपेन्द्र सिंह ऐरीले पनि गरे, उनले ३ ओभरमा २० रन दिएर १ विकेट झारे (६.६७)। कप्तान रोहित पौडेलले पनि ३ ओभरमा २० रन दिएर १ विकेट लिन सफल भए।

यता, ललित राजबंशीले सबैभन्दा किफायती बलिङ गरे, उनले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट लिए (इकोनोमी ३.००) रह्यो । अर्का युवा बलर नन्दन यादवले पनि राम्रो सुरुवात गर्दै १ ओभरमा ६ रन दिँदै १ विकेट झारे।

तर, सोमपाल कामीको बलिङ आज महँगो सावित भयो। उनले ४ ओभरमा ४३ रन खर्चिए र कुनै विकेट लिन सकेनन् (इकोनोमी १०.७५)।

खेलमा सबैभन्दा प्रभावशाली बलर कुसल भुर्तेल रहे, उनले ४ ओभरमा १७ रन दिँदै २ विकेट लिएका थिए (इकोनोमी ४.२५) थियो ।

यसअघि ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । १२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए ।

नेपालले १०.४ ओभरमा कुशल मल्ललाई गुमाएको थियो । नेपालले १२.४ ओभरमा कप्तान पौडेललाई गुमाएको थियो ।
नेपालको खातामा गुल्सन झाले १६ बलमा दुई छक्कासहित २२ रन जोडे ।

दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । सन्दीप जोराले नौ रन थपे । करण केसी ‘गोल्डेन डक’ भए ।

सोमपाल कामी र नन्दन यादव क्रमशः ६ र सात रनमा अविजित रहे ।

वेस्ट इन्डिजका अनुभवी अलराउन्डर जासन होल्डरले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन बिडाइसीले तीन विकेट लिए । कप्तान अकिल हुसैनका नाममा एक विकेट रह्यो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka