Premier Cables
Premier Steel

विराटनगर

जोगबनी बजार सुनसान, नेपाली ग्राहक नपुग्दा व्यापार ठप्प

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपालमा चलिरहेको जेनजी आन्दोलनको प्रभाव सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ।

आन्दोलनका कारण सीमामा आवतजावत प्रभावित हुँदा भारतीय बजार जोगबनीमा नेपाली ग्राहकहरू नपुग्दा व्यापार ठप्पजस्तै भएको छ।

बिज्ञापन

सामान्यतया जोगबनी बजारमा दैनिक रूपमा ठूलो संख्यामा नेपाली ग्राहकहरूको भीड लाग्ने गर्दछ। विशेषगरी चाडपर्व नजिकिँदै गर्दा यहाँको बजारमा निकै चहलपहल हुने गर्छ। तर यसपटक दशैं नजिकिँदासमेत जोगबनी सुनसान देखिएको छ।

सीमा बन्द भएपछि किनमेल गर्न नेपाली उपभोक्ता जोगबनी नपुगेका हुन्। स्थानीय व्यापारीहरूका अनुसार, नेपाली ग्राहक नै मुख्य क्रेता भएकाले अहिले व्यापारमा ठूलो असर परेको छ।

“हामीलाई दशैं–तिहारको व्यापारले नै वर्षभरिको भरपर्दो आम्दानी दिन्थ्यो, तर यसपालि त बजार नै सुनसान छ,” जोगबनीका एक व्यापारीले गुनासो गरे।

नेपाल-भारत सीमा नाका सञ्चालनमा अवरोध आउँदा दुबै देशका सीमावर्ती व्यापारिक गतिविधिमा प्रत्यक्ष प्रभाव परेको छ। यद्यपि कहिलेसम्म यस्तो अवस्था रहने भन्ने स्पष्ट भइसकेको छैन।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka