Premier Cables
Premier Steel

अर्थ

सुनको मूल्य बिहीबार स्थिर

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। यो साता लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ।

बुधबार सुन तोलामा २ हजार रुपैयाँ बढेर प्रति तोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि मंगलबार सुन तोलामा ६ सय रुपैयाँ बढ्‌दा कारोबार मूल्य तोलाको २ लाख ५ हजार ९ सय रुपैयाँ थियो।

बिज्ञापन

यसअघि साताको पहिलो दिनका तुलनामा सोमबार १ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको थियो। आइतबार प्रति तोला २ लाख ३ हजार ६ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बिहीबार प्रति तोला २ हजार ४८० रुपैयाँमा यथावत छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर उक्त मूल्य कायम भएको थियो।

मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रति तोला २ हजार ४ सय ८५ रुपैयाँ पुगेको थियो। सोमबार तोलाको २ हजार ४ सय ७० रुपैयाँ थियो।

हाल बजारमा सुनको मूल्य बढ्‌दै जाँदा दैनिक कारोबार कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रति औंस ३५३१ डलर रहेको छ। चाँदी प्रति औंस ४०.७७ डलर छ। बुधबार सुन प्रति औंस ३५३३.८८ डलर डलर थियो भने चाँदी प्रति औंस ४०.७२ डलर थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka