Premier Cables

अपराध

झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु, १३ दिनमै ज्यान गुमाउनेको संख्या तीन पुग्यो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | बिहान ११:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । सुनसरीको झुम्का कारागारमा पुनः दुई कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँव रहेका छन्।

झुम्का कारागारका निमित्त जेलर राम निरौलाका अनुसार, दुवै जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो। उपचारका क्रममा उराँवको सोमबार दिउँसो र राईको मंगलबार बिहान मृत्यु भएको हो।

विज्ञापन

निरौलाले भने, “पहिले उनीहरूमा कुनै गम्भीर समस्या थिएन। अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल पुर्‍यायौं, तर उपचारकै क्रममा ज्यान गुमाए।”

रामदेव उराँव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्षको सजाय काटिरहेका थिए। उनले २०७७ सालदेखि कैद भुक्तान गर्दै आएका थिए। सागर राई भने लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए र गत वैशाखदेखि झुम्का कारागारमा रहेका थिए।

सुनसरीका प्रहरी प्रमुख (एसपी) सुमन तिमल्सिनाले दुवै कैदीको शव आफन्तले बुझेर लगेको जानकारी दिए। कैदीहरूको एकैपटक मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको टोलीले कारागारको निरीक्षण गरेको छ। समितिले तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको एसपी तिमल्सिनाले बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka