Premier Cables
Premier Steel

मौसम

तराईमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | बिहान ७:५६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका केही स्थानहरूमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

विशेषगरी वाग्मती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्नेछ।

बिज्ञापन

देशभर सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्ने बताइएको छ।

त्यस्तै, मधेस, कोसी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

रातिको समयमै पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

मौसमविद्‌हरूका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा सक्रिय रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएकाले मौसममा प्रभाव देखिएको हो।

महाशाखाले सम्भावित वर्षा र हावाहुरीका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka