Premier Cables
Premier Steel

अर्थ

विराटनगरमा एन्जल ईन्भेष्टर्स नेटवर्क स्थापना, स्टार्टअप उद्यमीलाई लगानी सहयोग

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र ०६, २०८२  | राती ८:३९ बजे

विराटनगर । स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा एन्जल ईन्भेष्टर्स नेटवर्क (वेन) स्थापना भएको छ। उद्योग संगठन मोरङको नेतृत्वमा सुरु गरिएको यो संस्था “आइडिया टु इम्प्याक्ट” नारासहित लगानीकर्ताहरू र लगानी खोज्ने उद्यमीबीचको पुलको रूपमा काम गर्नेछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भदौ ५ गते आयोजित कार्यक्रममा नेटवर्कको औपचारिक शुभारम्भ गर्दै प्रदेश सरकारले यसलाई आफ्नो साझेदारका रूपमा अंगिकार गर्ने प्रतिवद्धता जनाए। उनले स्टार्टअप उद्यमीहरूलाई खोजी गरेर योग्य बनाउन र लगानीकर्तासमक्ष प्रस्तुत गर्ने सम्पूर्ण प्रक्रियामा प्रदेश सरकार सहकार्य गर्ने बताए।

बिज्ञापन

कार्यक्रममा ९ वटा स्टार्टअपले आफ्नो परियोजना प्रस्तुत गरे। तीमध्ये ट्रयाक अन नेपाल, साइबर अलर्ट नेपाल, कुखुरी काँ, आरती फ्लावर लगायतका कम्पनीलाई लगानीकर्ताहरूले विशेष रुचि देखाउँदै व्यवसायिक सञ्जाल, अनुभव, मेन्टरसिप र आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाए।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले वित्तीय स्रोतको अभाव स्टार्टअपका लागि प्रमुख चुनौती भएको बताउँदै सम्भावित लगानीकर्ताहरूलाई एकीकृत गर्दै गैरनाफामूलक एन्जल ईन्भेष्टर्स नेटवर्क स्थापना गरिएको स्पष्ट गरे। उनका अनुसार, नेटवर्कले लगानीयोग्य परियोजना छनोट गरी लगानीकर्तासमक्ष प्रस्तुत गर्ने मात्र नभई स्टार्टअप उद्यमीलाई व्यवसायिक अनुभव र सञ्जाल उपलब्ध गराउनेछ।

संयोजक सुयश प्याकुरेलले प्रारम्भिक चरणमा २ करोड रुपैयाँ बराबरको लगानी पुल तयार गरिएको जानकारी दिँदै इच्छुक लगानीकर्तालाई नेटवर्कमा आवद्ध हुन आग्रह गरे। उनले सानो स्तरका प्रारम्भिक स्टार्टअपलाई फन्डिङ र व्यवसायिक सेवा उपलब्ध गराउने योजनाको बारेमा बताए।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु थपलिया, स्वीस कन्ट्याक्ट सहज परियोजनाका म्यानेजर ब्रजेश मल्ललगायतले सहकार्य र समर्थन गर्ने प्रतिवद्धता जनाए।

हालसम्म उद्योग संगठन मोरङले सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमअन्तर्गत ६ वटा कोहर्टमार्फत सयभन्दा बढी स्टार्टअप सहभागी भइसकेका छन्। अब नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनलाई थप प्रोत्साहन गर्ने गरी विराटनगर एन्जल्स डटकम नामक भर्चुअल प्लेटफर्म पनि सञ्चालनमा ल्याइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka