






काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा ओर्लिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से घटेर बन्द भएको थियो ।
आज दिनभर १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८ सय १६ रुपैयाँमा कारोबार भयो ।
कारोबारमा आएका मध्ये ५३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको सेयर घटेको छ ।
आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो बुधबार ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएकोमा आज ३१९ स्टकको ५६ हजार ८२४ पटकको कारोबारमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।
जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २४ करोड ९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज १ उपसमूहको मात्र परिसूचक बढेको छ ।