Premier Cables
Premier Steel

अर्थ

इटहरीको बजेट पारित, बजेट शुन्यता अन्त्य

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | साँझ ६:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ। उपमेयर सङ्गीताकुमारी चौधरीले प्रस्तुत गरेको बजेट शनिबार सम्पन्न १६औँ नगरसभाबाट सर्वसम्मत अनुमोदन भएको हो।

पारित बजेट अनुसार चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा तथा ब्याज भुक्तानीका लागि ९० लाख, र पुँजीगत खर्चतर्फ १ अर्ब ५० करोड १९ लाख विनियोजन गरिएको छ। संविधानले असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने प्रावधान भए पनि यसपटक एक महिना ढिलाइ गरेर बजेट पारित भएको हो।

बिज्ञापन

नगरसभाले बजेटसँगै नगरको गुरुयोजना निर्माण गर्ने कार्यक्रम पनि अनुमोदन गरेको छ। यसअघि गुरुयोजना विना इटहरीको विकासबारे प्रश्न उठ्दै आएकोमा, अब सर्वाङ्गीण विकासलाई लक्षित गरी गुरुयोजना अनुरूप ठोस नीति र कार्ययोजना अघि बढाइने उपमहानगरले जनाएको छ।

पारित बजेटमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको छ। संघीय र प्रदेश सरकारसँग समन्वय गरेर इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गरिनेछ। साथै, सहरलाई व्यवस्थित र आकर्षक बनाउन सडक निर्माणसँगै सडक क्षेत्रमा रोड फर्निचर र सौन्दर्यीकरणका कार्यक्रम कार्यान्वयन गरिने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa